लोकगायक राजु परियारलाई पितृशोक

लोकपथ
119
Shares

काठमाडौं । चर्चित लोकगायक राजु परियारलाई पितृशोक परेको छ । उनका ७२ वर्षीय बुबाको आइतबार बिहान निधन भएको हो । गायक परियारले सामाजिक सञ्जालमार्फत बुबाको निधनको खबर सार्वजनिक गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन् ‘बुवा आजदेखि मलाई घरको सम्पूर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्तीबाट बिदा हुनुभयो । दसैँको टिका लगाउँदा भन्नुभाथ्यो । अर्को सालको दसैं म नहुन पनि सक्छु भनेर ! ।

सायद हजुरलाई थाहा थियो होला यी कुरा तर, मलाइ भन्नुभएन किन ? जे होस् मेरो बुवाको जेठो छोरा म … मेरो बुवाको अधुरा सपनाहरु सकेसम्म पुरा गर्नेछु । म बाट सदाका लागि बुवा भन्ने शब्दले बिदा माग्यो ! आत्माको चिर शान्तिको कामना बुवा हजुर ! मरन सत्य छ, तर मसँग झझल्को र आँसु बाहेक केहि छैन बुवा ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?