दाङ र पर्साबाट अवैध लागुऔषधसहित पाँच जना पक्राउ

लोकपथ
35
Shares

काठमाडौं । दाङ र पर्साबाट अवैध लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङको गडवा गाउँपालिका–६ गडवाबाट ३० ग्राम खैरो हेरोइन र ५० ग्राम गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोइलाबासबाट लमहीतर्फ जाँदै गरेको भे.१ ह १६४० नम्बरको अटोलाई इलाका प्रहरी कार्यालय गडवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा सवार उनीहरुलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरिएको हो ।

पर्साको वीरगंज महानगरपालिका–८ रेल्वे रोडबाट ९ केजी ५ सय ग्राम चरेससहित सोही महानगरपालिका–१६ बस्ने १९ वर्षीय करण राय लगायत २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त वस्तु सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?