सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

लोकपथ
56
Shares

काठमाडौं । नवलपरासी (पूर्व) र रुपन्देहीमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

नवलपरासी (पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेमा एनएल ०१ एल २४६० नम्बरको भारतीय ग्याँस बुलेट मंगलबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

ट्रकमा च्यापिएर सहचालक भारत उत्तर प्रदेश फत्तेपुर बस्ने १८ वर्षीय जय नारायण पालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ग्याँस बुलेट चालकको उपचारको लागि भरतपुर अस्पताल चितवनमा पठाइएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ उद्योगपुरीस्थित सडकमा लु.५५ प.४७५९ नम्बरको स्कुटर मंगलबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक सिद्धार्थनगर नगरपालिकास्थित पौवा होटलमा काम गर्ने गुल्मी हस्तिचौर गाउँपालिका घर भएका २३ वर्षीय सन्तोष खत्री छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?