धनुषा । नेपाल प्रहरीले लागु पदार्थ नाइट्राजेपामसहित एकजनालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–९ पिरारी चोक बस्ने ३८ वर्षीय जितेन्द्र साहलाई उनकै कोठाबाट नियन्त्रित लागुऔषध नाईट्राजेपाम १ सय २० एम्पुलसहित प्रहरीले पक्राउ गरेको हो ।
जितेन्द्रले आफ्नै श्रीमतीलाई कुटपिट गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी जाँदा उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया