तास खेल्ने सहयोगीको हत्याको आरोपमा तीन पक्राउ

लोकपथ
35
Shares

झापा । मादक पर्दार्थ सेवन गरी तास खेल्ने सहयोगीको हत्याको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ । झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्क बस्ने ताप्लेजुङ सिदिम्बा गाउँपालिका–४ सुरूमखिम घर भएका २५ वर्षीय नबिन्द्र गुरूङको हत्या गरेको अभियोगमा ३ जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा इलाम नगरपालिका–९ घर भई झापा अर्जुनधारा नगरपालिका– ११ स्थित ताप्लेजुङ इलाम होटलका सञ्चालक ३८ वर्षीय इन्द्र बहादुर अधिकारी, पाँचथर फिदिम नगरपालिका–१२ घर भई सोही होटलका स्टाफ २१ वर्षीय अमृत आचार्य र उनकै श्रीमती २३ वर्षीया बिमला राई रहेका छन् । इन्द्रबहादुरलाई उनकै होटलबाट तथा अमृत र बिमलालाई पाँचथरबाट पक्राउ गरेको हो ।

असोज १७ गते उक्त होटलमा उनीहरू मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको अवस्थामा हारजितको बिषयलाई लिएर विवाद हुँदा उनीहरू समेतले नविन्द्रलाई लोहोरो र चक्कुले प्रहार गरी गम्भीर घाइते बनाई उक्त होटलबाट करिब १ सय ५० मिटर टाढा रहेको सडकमा फालिदिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

असोज १८ गते बिहान उनको शव फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?