दसैँको दिन मृत भेटिएका भारतीय नागरिकको हत्या आरोपमा एक युवक पक्राउ

लोकपथ
28
Shares

काठमाडौं । भारतीय नागरिकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवालाई काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको छ । दसैँको दिन बिहान अन्दाजी ७ बजे काठमाडौंको रामघाटस्थित हेमन्त शर्माको घरमा डेरा गरि बस्ने भारतको कलकत्ता मेहेन्दीपुर पश्चिम बंगालका ४७ वर्षीय दिलिप आदकको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले पर्साको बहुदरमाई नगरपालिका २ हांसवाका २५ वर्षीया राजाबाबु भन्ने श्रीलाल ठाकुर रहेका छन् ।

प्रहरीका अनुसार श्रीलाललाई हिजो पक्राउ गरिएको हो । असोज १९ गते बाहिरबाट ताल्चा लगाईएको मृतक आदकको कोठाबाट गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कोठाको ढोका फोडेर हेर्दा दिलीप आदक मृतक अवस्थामा टाउकोमा ठुलो चोट भई कपडा भरी रगत बगी गन्हाएको, कपडाले छोपेर राखिएको अवस्थामा मृतक लाश भेटीएको थियो ।

घटनाबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गर्दा दिलिप आदकको हत्या गर्ने व्यक्ति उनिसँगै विगत केही महिना देखी बसी काम गरी रहेको राजाबाबु भन्ने श्रीलाल ठाकुर रहेको खुलेको कार्यालयका सूचना अधिकारी (प्रवक्ता) तथा प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए ।

श्रीलालले काठ च्याप्न प्रयोग हुने ३ फुट २ ईन्च लामो सकिन्जाले सुति रहेको अवस्थामा टाउकोमा प्रहार गरी आदकको हत्या गरेको र कपडाले छोपी बाहिरबाट ताल्चा लगाएर फरार भएको कोईरालाको भनाइ छ । प्रवक्ता कोईरालाका अनुसार हत्या गर्न प्रयोग भएको सकिन्जा र मृतकको कोठामा बाकस फुटाउन खोज्दा आधा भाग फोडीएको र माथिल्लो भाग बाकिँ रहेकोमा उक्त बाकस फोडी हेर्दा नगद ४ लाख १९ हजार रुपैयाँसमेत फेला पारी बरामद गरी पक्राउ भई आएका अभियुक्त राजाबाबु भन्ने श्रीलाल ठाकुरलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जनसेवा पठाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?