काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरको विमानमार्फत् लामिछाने नेपाल आइपुगेका हुन् । बिहीवार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए ।
सन्दीप विमानस्थलमा ओर्लिएलगत्तै प्रहरीले पक्राउ गरेको छ । उनी नेपाल आउने जानकारी पाएपछि प्रहरीको भ्यानसहित पक्राउ गर्न प्रहरी अधिकारीहरु विमानस्थलमा तैनाथ थिए । सन्दीपले फेसबुकमार्फत आज १० बजे कतार एअरवेजको विमानबाट नेपाल आइपुगेर प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएका थिए ।
सोही अनुसार विमानस्थलमा प्रहरीको टोली पुगेका छन् । आफूलाई निर्दोष प्रमाणित गर्न कानूनी लडाइँ लड्ने उनले बताएका छन् । उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया