वीरगञ्जबाट लागुऔषधसहित ५ जना पक्राउ

लोकपथ
35
Shares

पर्सा । पर्साको वीरगञ्जबाट प्रहरीले लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा घरभ एका २६ वर्षीय उत्तम आचार्य, २० वर्षीय अरुण राई, काठमाडौंको चन्द्रागिरी घर भएका सुविन श्रेष्ठ, भारतिय नागरिक ओम प्रकाश महतो र बारा घर भएका प्रदिप बोहरा क्षेत्री छन् ।

बीरगञ्ज–१४ स्थित गण्डक सडकखण्डबाट ना.१ घ २८२३ नम्बरको ई–रिक्सामा सवार उनिहरुको साथमा लागुऔषध फेला परेको पर्साका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । आरोपीहरुको साथबाट निट्जाकेयर ट्याब्लेट ३०० वटा, डाइजेपाम १७ सय पिस, फेनारगन १७ सय पिस र नुर्फिन १७ सय पिसा बरामद गरेको छ ।

आरोपीहरुबिरुद्ध जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?