लमजुङ । लमजुङका सरकारी कार्यालय अपांगमैत्री नबन्दा अपांगता भएका व्यक्तिले विभिन्न समस्या भोग्दै आएका छन् । हरेक सरकारी कार्यालय, भवन र बाटो अपांगतामैत्री हुनुपर्ने कानुनी प्रावधान छ ।
तर पनि जिल्लाका ती संरचना अझैसम्म अपांगतामैत्री बन्न सकेका छैनन् । यहाँ पुराना भवन मात्रै नभई नयाँ बनाइएका सरकारी कार्यालयका भवनसमेत अपांगतामैत्री हुन नसक्दा अपांगता भएका व्यक्तिलाई विभिन्न प्रकारका समस्या हुँदै आएको छ ।
भौतिक संरचनासमेत अपांगतामैत्री नहुँदा सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिन समस्या हुँदै आएको अपांगता संरक्षण समाज लमजुङका सचिव सीताराम बसेलले बताए । ‘राज्यले १० प्रकारका अपांगता भएका व्यक्ति निर्धारण गरेको छ ।
यीमध्ये शारीरिक अपांगता, सुस्त श्रवण भएका व्यक्ति, बहिरा व्यक्ति, न्यून दृष्टियुक्त व्यक्ति, बोलाइसम्बन्धी अपांगता भएका व्यक्ति, बौद्धिक अपांगता, श्रवण दृष्टिविहीन अपांगता र बहुअपांगता, हेमोफिलिया, अतितमा, मनोसामाजिक पर्दछन्,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया