एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौंता

लोकपथ
26
Shares

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) र कुमारी बैंकबीच मर्जर सम्झौंता भएको छ । सोमवार मेरियट होटलमा दुई बैंकबीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर (एमओयू) भएको हो ।

सम्झौंतामा एनसीसी बैंकका तर्फबाट मर्जर कमिटी संयोजक तथा सञ्चालक चन्द्र बाँस्तोला र कुमारी बैंकका तर्फबाट मर्जर कमिटीका संयोजक तथा सञ्चालक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

दुई बैंकबीच सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) एक बराबर एकमा मर्जर हुने सहमति भएको हो । दुई बैंक गाभिएपछि चुक्ता पूँजी २५ अर्ब ८५ करोड हुने । यसैगरी मर्जर पश्चात बैंकको कुल निक्षेप तीन खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कुल कर्जा दुई खर्ब ७४ अर्ब ५५ करोड हुनेछ ।

जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पूँजी ३७ अर्ब ६५ करोड हुनेछ । दुई बैंक गाभिएपछि चुक्ता पूँजी २५ अर्ब ८५ करोड हुनेछ । बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ । जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन् । कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक नैं रहने सम्झौंता भएको छ । यस्तै सञ्चालक समितिमा एसीसीबाट चार जना र कुमारीबाट तीन जना हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?