सेयर बजारमा दोहोरो अंकको गिरावट

लोकपथ
78
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार सेयर कारोबार मापक नेप्से परिसूचक करिब २४ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलब ८३ अङ्कले ओरालो लागेर एक हजार ७ सय १५ दशमलब १३ मा झरेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ८३ अङ्कले ओरालो लागेर तीन सय ५५ दशमलब ६० मा सीमित भएको छ । कुल दुई सय २८ कम्पनीको ४० लाख १४ हजार चार सय १९ कित्ता सेयर एक अर्ब सात करोड २४ लाख ८० हजार ९७ मूल्यमा खरिद बिक्री भएको छ ।

यस्तै, कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा पनि गिरावट आएको छ । आइतवारको कारोबारपछि बजार पुँजीकरण २६ खर्ब आठ अर्ब तीन करोड ४६ लाख ९६ हजार आठ सय ६६ बराबर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?