मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने ११ बिरामीको पहिचान

लोकपथ
52
Shares

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ज्येष्ठ नागरिकका लागि सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने ११ जना बिरामीको पहिचान गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको सहयोगमा नेपाल नेत्र ज्योति संघ, खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समिति हलेसीको आयोजनामा शुक्रवार सञ्चालित शिविरमा १ सय १४ जनाको आँखाको जाँच हुँदा ११ जनाको मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने पत्ता लागेको हो ।

शिविरमा आएका ८६ जनालाई निःशुल्क चस्मा र १५ जनालाई औषधि वितरण गरिएको नेपाल नेत्र ज्योति संघ खोटाङका अध्यक्ष इन्द्र कसजुले बताए । मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने बिरामीका लागि आगामी असोज २८ गतेदेखि असोज २९ गतेसम्म हलेसीमै निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गरिने नेपाल नेत्र ज्योति संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?