काठमाडौं । धादिङको गजुरी गाँउपालिका–१ गजुरी बजार स्थित पृथ्वीलोकमार्गमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा आर्दश स्कुलमा कक्षा १ मा अध्यानरत स्थानिय दिल बहादुर परियारका छोरा ६ बर्षीय बिजय परियार रहेका छन ।
आज बिहान पौने १० बजे काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५ ६५ नम्बरको बसले बालकलाई ठक्कर दिएको थियो ।
दुर्घटनाको बिषयलाई लिएर स्थानिय र स्कुलका विद्यार्थीहरुले उक्त राजमार्ग अवरुद्ध गरेका छन् ।
घटनापछि स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन् । अहिले पृथ्वीराजमार्ग हुँदै गुड्ने सवारी गजुरी आसपासमै रोकिएका छन् । सडक खुलाउन स्थानीय र पीडितका आफन्तहरुसंग छलफल भैरहेको प्रहरीले जनाएको छ । बस चालकलाई भने नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
घटनास्थलमा थप भीड बड्न नदिन प्रहरीले काठमाडौतर्फको गल्छी बजार र मुग्लिनतर्फको बेनिघाट क्षेत्रमा सवारी रोकेको छ । सयौँ सवारी जाममा परेका छन् । एम्बुलेन्सलाई भने प्रहरीले स्केटिङ गरेर पास गराइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया