परिषद्को स्थायी भवन नहुँदा सेवा प्रवाह राम्रो हुन सकेन : सदस्यसचिव भट्ट

लोकपथ
63
Shares

काठमाडौं । समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले परिषद्को आफ्नै भवन नहुँदा उद्देश्य अनुसारको कार्य सम्पदान गर्न कठिनाइ भएको गुनासो गरेका छन् ।

बिहीवार काठमाडौं समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा आायोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सदस्य सचिव भट्टले सहज रुपमा छिटा काम सम्पन्न गर्नका लागि परिषद्को कार्यालयको स्थायी भवन व्यवस्थापन गर्न प्रधानमन्त्री शबेरबहादुर देउवाको ध्यानाकर्षण गरे । उनले परिषद्बाट आर्थिक वर्ष २०७८/०७९ मा परिषद् र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबीच दुई वटा नयाँ साधारण सम्झौता भएको र २७ वटा सम्झौता नविकरण भएको तथा परियोजना स्वीकृति १४ सय ५४ वटा भएको जानकारी दिए । उनले परियोजनाबाट सम्झौता, स्वीकृति र अनुमोदन गरी जम्मा ७६ अर्ब ५१ करोड ३ लाख १९ हजार ४१४ रुपैयाँ बराबरको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने गरी स्वीकृति भएको पनि बताए ।

उनले राष्ट्रिय गैर सरकारी संस्था आवद्धका १४ सय ८० वटा नविकरण र आर्थिक वर्ष २०७८÷०७९ को अन्त्य सम्ममा परिषद्मा आवद्ध कुल राष्ट्रिय गैर सरकारी संस्था ५४ हजार १५ पुगेको बताए। उनले अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको मूल्यांकन गर्नको लागि गत आर्थिक वर्षमा ३२ वटा र राष्ट्रिय गैर सरकारी संस्थाहरुको मूल्यांकनका लागि १०६ वटा टोली गठन भइ कार्य शुरुवात भइसकेको पनि जानकारी दिए ।

उनले परिषद्को २०७८/०७९ को कुल स्वीकृत बजेट १८ करोड ३ लाखमध्ये १५ करोड ३३ लाख ८ हजार आय भएकोमा १४ करोड ६२ लाख १६ हजार खर्च भएको बताए । उनले कुल स्वीकृत परियोजनाबाट १० हजार २ सय ५८ जनाले संघ संस्थाहरुमा प्रत्यक्ष रोजगारी पाएको उल्लेख गर्दै राष्ट्रिय गैर सरकारी संस्थाले कोभिड प्रतिकार्य सम्बन्धी कोभिडमा खर्च गर्नेगरी ६४ करोड २ लाख ९० हजार बराबरको रकम स्वीकृति गरिएको पनि बताए ।

सदस्यसचिव भट्टले समाज कल्याण परिषद्ले टेण्डरको माध्यमबाट आइआरआर र उपसमितिको प्रतिवेदन अनुसार भाडा वृद्धि गरी आर्थिक अवस्था सुदृढ गरेको र परिषद् आत्मनिर्भर हुँदै गएको बताए । उनले सेवा छिटो छरितोका लागि परिषद्ले डिजिटलाइजेशनको शुरुवात गरेको बताए ।

उनले लामो समय यता अवरुद्ध रहेको एनजिओ, आएनजिओका अनुगमन तथा मूल्यांकनको प्रक्रियाको निर्देशिका संशोधन गरी सुचारु रुपमा सञ्चालनमा ल्याएको बताए। उनले सामाजिक उद्यमशीलता लगायतका क्षेत्रमा सामाजिक संस्थाहरुलाई परिचालन गर्ने नीति लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?