काठमाडौं । समाज कल्याण परिषद्ले प्रभातफेरी कार्यक्रम गरेर सामाजिक सेवा दिवस मनाएको छ । बिहीवार परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा प्रभातफेरी गरेको हो ।
समाज कल्याण परिषद्ले आज दीगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेशी समाज निर्माणमा संघ संस्थाको योगदान भन्ने मुल नाराका साथ ४३ औं सामाजिक सेवा दिवस मनाइरहेको छ ।
प्रभातफेरी कार्यक्रममा सम्बन्धित निकायका प्रमुख र समाज कल्याण परिषद्का सदस्यहरु सहभागि थिए । परिषद्ले विभिन्न ब्याण्ड बाजागाजासहित भृकुटीमण्डप–शहीदगेट–रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप पुगेर प्रभातफेरी कार्यक्रम समापन गरेको छ ।
समाज कल्याण परिषद्ले सामाजिक सेवा दिवसको अवसरमा आज विभिन्न कार्यक्रमहरु पनि आयोजना गरेको छ । दिवसको मुल समारोह एवं विकास प्रदर्शनीसमेत हुँदैछ । कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सम्बोधन गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया