काठमाडौं– नेपाल विद्यार्थी संघको पारित विधानमा काँग्रेसका ४ शीर्ष नेताहरुले फरक मत राखेका छन् ।
काँग्रेस नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला र अर्जुन नरसिंह केसीले विधि , प्रक्रिया र पद्धतिलाई पूर्णरुपमा उपेक्षा गर्दै छुट्टै विधान मस्यौदालाई आंशिक रुपमा पास गर्ने काम भएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
उनीहरुले संयुक्त रुपमा राखेको फरक मतमा भनिएको छ, ‘नेपाल विद्यार्थी सङ्घले सर्वसममतिबाट स्वीकृतिका लागि प्रस्तुत गरेको नेपाल विद्यार्थी संघको विधान २०२७ सातौं संसोधन २०७५ लाई पन्छाएर विधि , प्रक्रिया र पद्धतिलाई पूर्णरुपमा उपेक्षा गर्दै छुट्टै विधान मस्यौदा प्रस्तुत भएको र अध्ययन गर्ने समय सम्म नदिई विधान जस्तो महत्वपूर्ण कुरालाई बैठकमा प्रस्तुत नै नगरी नेबि संघको अधिवेशन समेत नगर्ने मनसायले विधानलाई आंशिक पास गरियो भन्नु सम्पूर्ण रुपले प्रकिया विपरीत छ ।’
यो निर्णयले पार्टी तथा पार्टीका संस्थाहरुको संस्थागत विकास र लोकतान्त्रिक प्रक्रियामा गम्भिर आघात पार्ने दाबी पनि यी चार नेताले गरेका छन् ।
उमेर हद लगाउने व्यवस्थासहितको संघको विधान पारित गर्न आइतबार अपराह्न ३ बजे बोलाइएको बैठक राति १० बजेसम्म चलेको थियो । बैठकमा सहमति नजुटेपछि काँग्रेसले बहुमतका आधारमा ३२ वर्षे हदबन्दीको निर्णय गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया