दोलखामा गठबन्धनबाट साझा उम्मेदवार बन्लान् त कुन्दन काफ्ले ?

लोकपथ
2.2k
Shares

दोलखा । यतिबेला नेपालमा निर्वाचनको चटारोले नेताहरुलाई छोपेको छ । मंसिर ४ को निर्वाचनका लागि सबै राजनीतिक दलले आ–आफ्नो पार्टीबाट सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरिसकेका छन् । आगामी निर्वाचनमा धेरै स्थानमा युवाहरुको नाम सिफारिस भएको छ, जसलाई सकारात्मक रुपमा हेरिएको छ ।

राजनीतिमा पुस्तान्तरणको बहस चलिरहँदा आगामी निर्वाचनले धेरै युवाहरुलाई संसद पुर्याउने अपेक्षा समेत गरिएको छ ।

तीनै अपेक्षा गरिएका पात्र मध्येका एक हुन् नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा लामो र संघर्षपूर्ण यात्रा गरेका काफ्ले पार्टीको १४औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य बनेका छन् ।

आगामी निर्वाचनमा काफ्ले दोलखाबाट सिफारिसमा परेका छन् । एउटा मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा काफ्लेसहित केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, जिल्ला सभापति बर्मा लामा, निवर्तमान सभापति रुद्रबहादुर खड्का र पुर्व सभापति ताराबहादुर कोइराला प्रतिनिधि सभा सदस्यकालागि उम्मेदवार सिफारिस भएका छन् ।

सिफारिस भएकाहरुमध्ये काफ्लेको सम्भावना बलियो रहेको छ । विद्यार्थी राजनीतिका क्रममा काठमाडौं र गृह जिल्ला दोलखामा समेत उत्तिकै सक्रिय काफ्ले युवाहरुमाझ मात्र नभइ हरेक वर्गमाझ लोकप्रिय छन् ।

२०६२–६३ को जनआन्दोलन सक्रिय भूमिका खेलेका काफ्ले गणतन्त्र स्थापनाको आन्दोलनमा अग्र मोर्चामा रहेका कारण केन्द्रीय राजनीतिमा पुग्न सफल समेत भएका हुन् ।

राजतन्त्रविरोधी आन्दोलनमा होस् या अन्य आन्दोलनमा अहम भूमिका खेलेका काफ्ले तत्कालिन राजा ज्ञानेन्द्र शाहविरुद्ध ‘लोकतन्त्र की राजतन्त्र व्यवस्था’ भन्ने सवालमा पशुपति क्याम्पस चाबहिलमा नमूना जनमतसंग्रह गराएर देशव्यापी चर्चामा आएका थिए ।

प्रतिगमनविरोधी आन्दोलनको क्रममा चरम यातना पाएर राजद्रोहको मुद्दा समेत खेपेका काफ्ले सबैभन्दा बढी जेलनेल भोग्ने युवा नेताको रुपमा परिचित छन् ।

No photo description available.

राजनीति सँगसँगै समाजसेवामा सक्रिय काफ्ले भूकम्प होस् या बाढी पहिरोका प्रभावितहरुको उद्धार तथा राहतका लागि देशभर पुगेर सहयोग गरेका सयौँ उदाहरण छन् ।

नेविसंघमा रहँदा काफ्लेले राजतन्त्रको सान्दर्भिकता विषयमा बहस चलाएका थिए । गणतन्त्रको प्रस्ताव पास गर्न पार्टीलाई नैतिक दबाब दिने श्रेय काफ्लेलाई नै जान्छ । विद्यार्थी राजनीतिमा हुँदा सधैँ विद्यार्थीहरुको न्यायको पक्षमा आवाज उठाएका कारण उनी विद्यार्थी र आम सर्वसाधारणको समेत नजरमा परेका पात्र हुन् ।

No photo description available.

उनले २०७२ सालमा गएको विनाशकारी भू–कम्पमा काफ्लेले दोलखाका गाउँगाउँमा जस्तापाता, त्रिपाललगायत खाद्य सामाग्रीहरु वितरण गरेका थिए । काफ्लेले भूकम्पका बेला दोलखा मात्र नभएर अन्य जिल्लामा समेत पुगेर सहयोगी हात अघि बढाएका थिए ।

No photo description available.

नेविसंघको महामन्त्रीको कार्यकाल सकिएसँगै जिल्ला राजनीतिमा सक्रिय बनेका काफ्लेकै कारण गत स्थानीय तहको निर्वाचनमा कांग्रेससहित गठबन्धनका उम्मेदवारले अघिल्ला निर्वाचनमा भन्दा नजिता सुधार गर्न सफल भएका थिए ।

कम्युनिस्टहरुको गढ मानिने दोलखामा काफ्लेले टिकट पाएको खण्डमा टक्कर दिनसक्ने उनी निकट नेताहरु बताउँछन् । गत स्थानीय निर्वाचनमा दोलखामा वडाध्यक्षहरुले पाएको मतको आधारमा नेकपा एमाले अघि छ । नेकपा एमालेका वडाध्यक्षहरुले पाएको कुल मत ३९ हजार ५० रहेको छ । त्यसैगरी नेपाली कांग्रेसको वडाध्यक्षहरुले पाएको मत ३३ हजार ४ सय ३९, नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरुले पाएको मत १७ हजार ३ सय ७५, एकीकृत समाजवादीका वडाध्यक्षले पाएको मत ३ हजार १ सय ५१ रहेको छ । यसरी हेर्दा नेकपा एमाले र कांग्रेस एक्लैले ल्याएको मतको फरक जम्मा ५ हजार देखिन्छ । तर अन्य गठबन्धनमा आवद्ध दलको सहयोग हुँदा काफ्लेलाई जित हासिल गर्न सक्ने देखिन्छ ।

विद्यार्थी राजनीतिबाट आएका कारण काफ्लेमा समन्वयात्वम भूमिका राम्रो रहेको बुझिन्छ । जसको कारण कांग्रेस मात्र नभइ अन्य राजनीतिक दलका नेता कार्यकर्तासँग पनि समदुरी सम्बन्ध राख्न सक्ने क्षमता भएको कारण गठबन्धनबाट पनि पूर्ण साथ रहने उनी निकटहरु बताउँछन् । जिल्लामा कांग्रेसका सबै पक्षका नेताहरुसँग राम्रो सम्बन्ध रहेको साथै केन्द्रमा समेत सबै नेताहरुसँग समन्वयात्मक भूमिका खेल्न सक्ने क्षमता भएका कारण पनि केन्द्रीय र गठबन्धनका नेताहरुको रोजाइमा समेत काफ्ले पर्ने दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?