काठमाडौं । नेपालस्थित विदेशी राजदुतावास नियोगहरुले भिसा दस्तुर वापत संकलन गरेको नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आफ्नो राष्ट्रमा पठाउनु पर्दा सम्बन्धीत विदेशी राजदुतावास नियोगको आधिकारिक अनुरोध पत्रका आधारमा सम्बन्धीत बैंकले सटही सुविधा उपलब्ध गराउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधवार वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक, अन्य वित्तीय संस्थाहरु एवम् विदेशी विनिमय कारोबार गर्न अनुमतीप्राप्त संस्थाहरु सबैको नाममा परिपत्र जारी गर्दे व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकका अनुसार यस्तो सटहीको विवरण महिना समाप्त भएको १५ दिन भित्र अनिवार्य रुपमा राष्ट्र बैंकअन्र्तगतको विदेशी विनिमय विभागमा उपलब्ध गराउनु पर्ने छ । परिपत्र अनुसार ‘ई–भिसा प्रणालीबाट भिसा आवेदन लिने व्यवस्था गरेका मुलुकले सो कार्य गर्न नेपालस्थित अन्य संस्थालाई तोकेमा शर्तहरु पालना हुने गरी त्यस्ता तोकिएका संस्थाहरुमार्फत भिसा वापत संकलित रकमको लागि बैंक तथा वित्तीय संस्थाहरुबाट जारी विद्युतीय डिजिटल कार्ड मार्फत सटही सुविधा प्रदान गर्न सकिने छ ।’
भिसा शुल्क वापत संकलित रकम त्यस्तो कार्डबाट भुक्तानी हुने गरी सिधै विदेशी मुलुकका सरकारी निकायको तोकिएको परिवत्र्य विदेशी मुद्राको खाता वा सम्बन्धीत देशको नेपालस्थित दुतावास, नियोगको तोकिएको परिवत्र्य विदेशी मुद्राको खातामा जम्मा हुनुपर्ने छ । सो को लागि भुक्तानीको व्यवस्था स्पष्टरुपमा खुल्ने सम्बन्धीत मुलुक वा नेपालस्थित दुतावास र नियोगको पत्रसमेत आवश्यक पर्ने छ । यस्तो कार्डबाट अन्य कुनै पनि प्र्रयोजनको लागि भुक्तानी नहुने व्यवस्था गर्नु पर्ने छ भने यस्तो कार्डको म्याद इ भिसा प्रोसेसिङ सम्बन्धी कार्य गर्नको लागि तोकिएको अवधि भन्दाबढी नहुने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
राष्ट्र बैंकका अनुसार यस्तो कार्डबाट एक पटक वा पटक पटक गरी भुक्तानी हुन सक्ने छ र यस एकीकृत परिपत्र २०७८ मा अन्यत्र उल्लेखित कुनै पनि भुक्तानी सम्वन्धी सिमा लागु हुने छैन । कार्ड जारी गर्न लिंक गरिएको नेपाली रुपैंयाँको खाताको मौज्दात र कार्डबाट भुक्तानी भएको रकमको विवरण दैनिकरुपमा हिसाब मिलान गर्नु पर्ने छ । परिपत्र अनुसार बैदेशिक रोजगारीमा जाने नेपालीहरुको इ भिसा प्रोसेसिङको भिसा शुल्क भुक्तानी गर्दा नेपाल सरकार र सम्बन्धीत देशबिच भएको सम्झौंतामा उल्लेखित भिसा सम्बन्धी सम्पूर्ण व्यवस्थाहरुको पालना हुनुपर्ने छ ।
इ भिसा प्रणाली अन्र्तगत भिसा आवेदक नेपालीले इ भिसा प्रणालीमा तोकिए बमोजिम शुल्क भुक्तानी ( आफ्नो एकाघर परिवारको सदस्यको लागि समेत) आफ्नो नाउँमा एकीकृतरुपमा जारी भएको विदेशी मुद्राको विद्युतीय कार्ड (प्रिपेढ, डेविट, क्रेडिट, अमेरिकी डलर ५ सयको प्रिपेड कार्ड) बाट गर्न चाहेमा समेत भुक्तानी गर्न सकिने व्यवस्था गर्नुपर्ने छ । यस व्यवस्था अन्र्तगतको भुक्तानीमा भने सम्बन्धीत कार्डका लागि तोकिएको रकम खर्च गर्ने सिमा लागु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया