नर्भिक अस्पतालले बृहत स्वास्थ्य शिविरकाे आयाेजना गर्दै

लोकपथ
49
Shares
This image shows the building of Norvic International Hospital in Kathmandu.

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले बृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अस्पतालले आगामी असोज १ गते शनिवारका दिन काठमाडाैंको कमलपोखरीस्थित अग्रवाल भवनमा वृहत र निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।

बिहान ९:३० बजेदखि दिउँसो साढे एक बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटुरोग, स्त्री तथा प्रसुति, ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियन सम्बन्धी विशेषज्ञ सेवा निःशुल्क पाइनेछ । अस्पतालका अनुसार शिविरमा इसीजी, सुगर, भाइटल्सलगायतका निःशुल्क परामर्श सेवासमेत उपलब्ध हुनेछ ।

अस्पतालले बृहत निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन चाहनेका लागि अग्रिम नाम दर्ताको व्यवस्था समेत गरेको छ । त्यसका लागि इच्छुकले ०१५९७००३२ मा सम्पर्क गरी आफ्नो वा शिविरमा सहभागी हुन चाहनेको नाम अग्रिम दर्ता गराउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?