न्यायाधीशमा सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान

लोकपथ
56
Shares

काठमाडाैं । संघीय संसद, संसदीय सुनुवाइ समितिले न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान गरेको छ ।

संसदीय सुनुवाइको प्रक्रिया थाल्दै समितिले उनीहरुविरुद्ध कुनै उजुरी भए ७ दिनभित्र निवेदन दिन आग्रह गरेको हो ।

सूचना दिने दाताले आफ्नो नाम, थर, वतन र समपर्क नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने र निजले चाहेमा परिचय गोप्य राखिने समितिले जारी गरेको सूचनामा उल्लेख छ।

न्यायपरिषद्ले न्यायाधीशका लागि नीता गौतम दीक्षित, विनोद शर्मा र दिननाथ पराजुलीको नाम सिफारिस गरेर भदौ २२ गते समितिमा पठाएको थियो । सूचना दिन चाहनेले सिंहदरबारस्थित सुनुवाइ समितिको कार्याललयमा वा इमेलमार्फत पठाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?