काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । आजको बैठकमा निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा निर्णय गर्ने बताइएको छ ।
आजको बैठकमा जबरालाई पूरक प्रश्न सोध्ने वा नसोध्ने भन्ने बारेमा समितिमा छलफल हुनेछ । यस विषयमा समितिका सदस्यहरुबीच विवाद छ । आजको समितिको बैठकले पूरक प्रश्न सोध्ने वा नसोध्ने भन्ने बारेमा टुंगो निस्कर्ष निकाल्नेछ ।
जबरासँगको प्रश्नोत्तरसहितको बयान लिने काम सकिएकाले पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन बैठक बोलाउने निर्णय गरिएको हो । जबरालाई सोध्न समितिले ४३ वटा प्रश्नावली तयार गरेको थियो । बयानका क्रममा आफ्नो बचाउ गर्दै राणाले अरू विभिन्न मानिसहरूलाई विभिन्न आक्षेप लगाएका थिए ।
पाँच दिन दिएको बयानका क्रममा आफूमाथि लगाइएको महाअभियोग प्रस्तावको औचित्य नै सकेको दाबी गर्दै उनले सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता, राजनीतिज्ञमाथि विभिन्न आक्षेपसमेत लगाएका थिए । राणाले बयानका क्रममा नाम लिएकाहरूसँग महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ ।
समितिले नेपाल बार एशोसियनका पूर्वपदाधिकारी, पूर्वन्यायाधीश, बहालवाला न्यायाधीश लगायतलाई बोलाउने निर्णय समितिले गरेको थियो । यसअघि मंगलवार महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान सकेको थियो । मंगलबार ८ वटा प्रश्नको जवाफ लिएसँगै समितिले जबरासँगको बयान सकेको हो ।
गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा परेका जबरासँग १५ भदौबाट प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले बयान लिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया