जापान उडेको नेपाल एयरलाइन्सको जहाजमा धुवाँ देखिएपछि…

लोकपथ
287
Shares

नेपाल एयरलाइन्सको जापानको नारिताका लागि उडेको जहाजबाट धुवाँ निस्किएको छ । जसका कारण जहाज उडेको आधा घण्टामै काठमाडौं फर्किएको छ ।

कार्गो समान राख्ने ठाउँबाट धुवा आएपछि १ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाज काठमाडौं फर्किएको हो ।

गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाज आधा घण्टामै काठमाडौं फर्किएको विमानस्थल स्रोतले जनाएको छ । प्राविधिक जाँचपछि विमान उडाइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?