काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका दुई देशका राजदूतले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच म्यानमारका लागि नेपाली राजदूत हरिचन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
राष्ट्रपतिले पद तथा गोपनियताको शपथ दिलाएको कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्कालगायतका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया