ललितपुरको फूलचोकी जंगलमा महिलाको हत्या

लोकपथ
273
Shares

काठमाडौं । ललितपुरस्थित फूलचोकीको जंगलमा गएराति एकजना महिलाको हत्या भएको छ । सर्लाही घर भएकी ४० वर्षीया महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।

आइतवार जंगलमा उनको शव भेटिएको थियो । महिलाको नाम प्रहरीले सार्वजनिक गरेको छैन । प्रहरीले ती महिलाको हत्या गरेको आरोपमा एकजना पुरुषलाई पक्राउ गरेको छ ।

परिसरले हत्यामा संलग्न भनिएका ती पुरुषलाई सोमबारै अपरान्ह ४ बजे सार्वजनिक गर्ने तयारी गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा ती महिलाको हत्याको घटना पक्राउ परेका पुरुषले स्वीकारकाले सार्वजनिक गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?