बाँकेमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
21
Shares

काठमाडौं । लागुऔषध मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका ४ बस्ने ५० वर्षीय बखत यादव भन्ने भगेलु कलवार रहेका छन् । उनलाई सोमवार प्रहरीले पक्राउ गरेको हो ।

बाँके जिल्ला अदालतको २०७८ फागुन २६ गतेको फैसलाले उनलाई लागू औषध मुद्दामा १५ वर्ष ९ महिना कैद र ५ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो ।

त्यसपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टाेलीले पक्राउ गरेको जनाएको छ । उनलाई फैसला कार्यान्वयनका लागि बाँके जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?