विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

लोकपथ
49
Shares

काठमाडौं । मकवानपुर, भोजपुर, मोरङ र दार्चुलामा मृत अवस्थामा चार जना फेला परेका छन् ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ नयाँबस्तीस्थित सडक छेउमा २२ वर्षीया मनिसा महतो शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ बस्ने ४१ वर्षीय दिनेस राई सोही गाउँपालिका चिमुङ्गास्थित दोभाने खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

भैँसी चराउन गएका उनको उक्त खोलाको पानीमा डुबेको अवस्थामा शव फेला परेको हो ।

मोरङको वीराटनगर महानगरपालिका–८ स्थित सिंगिया खोलामा रामेछाप सुनापती गाउँपालिका–२ का ३० वर्षीय अनिल घिसिङ मृत अवस्थामा फेला परेका छन् ।

श्रेष्ठ कन्ट्रक्सन हाटखोला विराटनगरमा बाटो बनाउने काम गर्ने ३० वर्षीय घिसिङ शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

दार्चुलाको नौगाड गाउँपालिका–६ धुलिगढास्थित नौगाड खोलाको बीचमा हाल पहिचान नखुलेकी महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?