बाँकेमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

लोकपथ
91
Shares

बाँके । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी–९ ढकेरीस्थित झिंझरी पुलमा शुक्रबार साँझ बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वतर्फ जाँदै गरेको भे १ ख १९२५ नंको बस र अगैयाबाट कोहलपुरतर्फ जाँदै गरेको भे ७ प ५४५० नंको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक खड्कविक्रम श्रेष्ठको मृत्यु भएको छ ।

मोटरसाइकल चालक राप्तीसोनारी–३ भवनीयापुर निवासी श्रेष्ठको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार अर्का सावित्रा थारू गम्भीर घाइते भएकी छिन । उनको अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?