काठमाडौं उपत्यकमा एकैदिन मापसे गर्ने १८० सवारी चालकमाथि कारबाही

लोकपथ
84
Shares

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने १८० जना चालकलाई कारबाही गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उनीहरुलाई बिहीबार उपत्यकोको विभिन्न स्थानमा कारबाही गरिएको हो ।

बिहीबार उपत्यकामा कुल ३ हजार १८३ जना सवारी चालकलाई विभिन्न कारवाही गरिएको कार्यालयले जनाएको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा लेन अनुसशासन पालना नगर्ने ८३, रेड लाइटमा सवारी साधन चलाउने ६०, निषेधित क्षेत्रमा हर्न बजाउने १५१ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३४ जना सवारी चालक रहेका छन् ।

यस्तै २ हजार ६७५ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?