छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔषधसहित तीन जना पक्राउ

लोकपथ
63
Shares

काठमाडौं । कास्की र बाँकेबाट अवैध लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–३२ मझुवाबाट १ केजी ५ सय ग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ गल्छी नगरपालिका–२ बस्ने ३१ वर्षीय चित्र बहादुर राना समेत २ जना छन् । उनीहरुलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख ५५२ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार उनीहरुलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेको कोहलपुर नगरपालिका–११ दशबिगाहस्थित दैलेखी सुर्खेती आयुष गेष्ट हाउसका सञ्चालक धनपति सुवेदीलाई १७० मिलिग्राम ब्राउनसुगरसहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको होटलबाट १३० मिलिग्राम र सोही नगरपालिका–५ एनसीसीएनस्थित उनको घरबाट ४० मिलिग्राम गरी उक्त परिमाणको ब्राउनसुगरसहित उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?