काठमाडौं । हामीले लसुनलाई ऐतिहासिक रूपमा वर्षौं देखि विभिन्न प्रयोजनका लागि प्रयोग गर्दै आएका छौं । औषधी, खाना, विभिन्न अन्धविश्वासहरुको सुरक्षा कवच, किराफट्याङ्ग्रा धपाउनेलगायतका कार्यमा यसको प्रयोग हामीले अझैपनि गर्दै आइरहेका छौं । तर, यी बाहेक हामीले लसुनलाई सुत्नेकोठामा पनि प्रयोग गर्न सक्छौं ।
लसुनको केसरालाई आफ्नो सिरानीमुनि राख्दा अचम्मको फाइदा हुने एक अनुसन्धानले देखाएको छ । अनुसन्धानका अनुसार सिरानीमुनि लसुनलाई राख्दा धेरै राम्रो र शान्तसँग निद्रा लाग्ने बताइएको छ । लसुनमा पाइने गन्धक पदार्थले शान्त प्रभाव पार्ने र लसुनको गन्ध सिरानीको माध्यमबाट अलिअलि पुग्ने भएकाले सजिलैसँग निदाउन मद्दत गर्ने अनुसन्धानको दाबी छ ।
साथै, यसले निद्राको गुणस्तर पनि सुधार गर्ने, बिहान उठ्दा सुत्ने कोठामा लसुनको गन्ध नआउने अनुसन्धानमा खुलाईएको छ । यसका अलवा लसुन अन्य चीजहरूको लागि पनि उत्कृष्ट छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया