पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध

लोकपथ
154
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ र बलेफी गाउँपालिका–८ को बिचमा रहेको जुरेमा आज बिहान पहिरो खस्दा अरनिको राजमार्गको सवारी आवागमन अवरुद्ध भएको छ ।

आज बिहान पौने ६ बजे खसेको पहिरोका कारण अरनिको राजमार्ग हुदै सिन्धुपाल्चोकका बिभिन्न स्थानतर्फ जाने आउने सवारी साधन रोकिएका छन् ।

पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?