राजेन्द्र लिङ्देनद्वारा सांसद पद त्यागेकाे घोषणा

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट त्याग गरेको घोषणा गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विषेश समयमा आफ्नो धारणा राख्दै उनले सांसद पद त्यागेको घोषणा गरेका हुन् ।

प्रतिनिधि सभामा सानो दलका हैसियतले आफूले उपस्थिति जनाएको बताउँदै उनले संसदको कार्यकालमा धेरै अनुभव हासिल गरेको सुनाए । पाँच वर्षको कार्यकालमा नीतिगत रुपमा आफ्नो उपेक्षा गरिएको अनुभव भएको उनले बताए । सबै दलका सदस्यबाट स्नेह र सद्धभाव प्राप्त गरेको उनको भनाई छ ।

‘अध्यक्ष हुनुको नाताले आउने चुनावमा संसदमा प्रभावकारी आफ्नो उपस्थिति बनाउनका लागि जनताकै बीचमा समय खर्चिनुपर्छ । अब भत्ता पकाउनमात्रै संसद आइँदैन भनेर आउन छोडेको थिएँ,’ बैठकमा उनले भने, ‘तर, पछिल्लो दिनमा संसदको आयू मंसिर ४ पछि पनि कायम राख्ने भन्ने ढंगको निर्णय गर्ने प्रक्रिया प्रारम्भ भएका छन् । त्यसलाई मलाई असाध्यै लज्जित र दुःखी तुल्याएको छ । यहीँबाट घोषणा गर्न चाहन्छु, आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुने छैन मात्र होइन मेरो नाममा पठाइने तलबभत्ता सुविधासमेत रोक्का गरियोस्, कहीँ लेखेर दिनुपर्छ भने निमानुसार लेखेर पनि दिन्छु ।’

पछिल्लो समय सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रस्ताव ल्याएपछि लज्जित भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?