काठमाडौं । नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले आजका प्रश्नहरु लामो भएकोले दुई वटा मात्र प्रश्नको बयान सकिएको बताएका छन् ।
बिहीबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दोस्रो दिनको बयान दिएपछि महाअभियोग सिफारिस समितिका सदस्य समेत रहेका विश्वकर्माले सो कुरा बताएका हुन् ।
उनले प्रधानन्यायाधीशले व्यक्त गरेको शब्दहरुमा आपत्ति जनाउनु नहुने बताए ।
त्यस्तै उनले न्याय सम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको, न्याय सम्पादनका प्रक्रियामा भ्रष्टाचार केन्द्रित भएर गरियो भन्ने अभियोगको बारेमा प्रधानन्यायाधीशसँग बयान लिएको बताए । उनले प्रधानन्यायाधीश जबराले बयानका क्रममा समिति र संसदलाई नै प्रश्न गर्ने व्याख्यात्मक शैलीमा गएको बताए । उनले बुधवार बार, न्यायाधीशहरुमाथि आरोप लगाएको र आज संसद र सांसदहरुमाथि आरोप लगाएको स्पष्ट पारे ।
उनले भने, ‘आज अलि छिटो हुन्छ लागेको थियो तर ५ नम्बर प्रश्न लामो र व्याख्यात्मक थियो । त्यसैले प्रधानन्यायाधीशको जवाफ पनि लामो नै रह्यो । २ वटा प्रश्नको मात्र उत्तर आयो । उहाँले व्यक्त गरेका शब्द र अभिव्यक्तिका विषयमा लिएर हामीले आपत्ति मान्नु हुँदैन । आज मान्य सांदसयहरु उपत्यका बाहिर जानुपर्ने भएकोले आजलाई रोकेको हो । आज उहाँले न्याय सम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको, न्याय सम्पादनका प्रक्रियामा भ्रष्टाचार केन्द्रित भएर गरियो भन्ने अभियोगको प्रश्न थियो ? उहाँले समिति र संसदलाई नै प्रश्न गर्ने व्याख्यात्मक शैलीमा जानुभयो । हिजो बाँकी अरुलाई आरोप लगाउनुभयो आज हामीलाई नै लगाउनु भयो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया