अवैध संरचनापछि अब काठमाडौं महानगरको नजर होर्डिङ बोर्डतिर

लोकपथ
77
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका मातहतका होर्डिङ बोर्ड हटाउने अभियान थालेको छ ।

जसअनुसार त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड हटाएर उक्त अभियान सुरु गर्न लागेको हो ।

उक्त बोर्ड हटाउन आजै महानगरको टोली त्यहाँ जान लागेको जनाएको छ ।

वर्ल्ड ट्रेड सेन्टरसँगै अन्य स्थानमा राखिएको बोर्ड हटाउने तयारी रहेको छ ।

केही हप्तादेखि महानगरले नक्सापास विपरितका संरचनामा डोजर चलाइरहेको छ । भने हरेक ठूला मल तथा सपिङ कम्प्लेसक्समा वेसमेन्टमा पार्किङको व्यवस्था गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?