साढे ८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडकखण्ड

लोकपथ
70
Shares

चितवन । पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञचालनमा आएको छ । आज दिउँसो साढे २ बजेबाट सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज बिहान करिब ६ बजेदेखि नै नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने केराबारीमा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध हुँदा सयौँ सवारी साधनहरु सडकमै रोकिएका थिए। अहिले सडक खुलेसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?