छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित महोत्तरी, कञ्चनपुर, कास्की, रुपन्देही र कैलालीका विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको छ ।

सम्सी गाउँपालिका–४ बस्ने ३० वर्षीया सन्जुदेवी झालाई ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा केन्द्रीय लागूऔषध ब्यूरो शाखा कार्यालय जनकपुर र प्रहरी चौकी गैडाभेटपुरबाट खटिएको प्रहरीले झाको घुम्ती पसल जाँच गर्ने क्रममा लुकाई राखेको अवस्थामा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

कञ्चनपुरकाे बेदकोट नगरपालिका–६ चुनेपानीस्थित सडकबाट ३ किलो १ सय १८ ग्राम अवैध लागूऔषध चरेश, १ थान डिजिटल तराजु र नगद २९ हजार रुपैयाँ सहित बझाङ केदारस्युँ गाउँपालिका–७ बस्ने ४२ वर्षीय शेरबहादुर धामीलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उक्त चरेशसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

कास्कीकाे पोखरा महानगरपालिका–३० पावरहाउसस्थित सडकबाट करिब ४ किलो अवैध लागूऔषध गाँजासहित धादिङ गजुरी गाउँपालिका–८ दुवानखर्क घर भई पोखरा महानगरपालिका–६ लेकसाईड बस्ने ३३ वर्षीय दिलबहादुर डिमडुङलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ७५१९ नम्बरको बसमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, कास्कीकै पोखरा महानगरपालिका–१३ गौडाको मुखबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका–२० भलाम घर भएका २० वर्षीय रोचक गुरुङलाई बुधवार राति प्रहरीले पक्राउ गरेको छ । सिआरभी भद्रकालीबाट खटिएको प्रहरीले ग.१३ प ६०६० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी स्कटुर चालक रोचकलाई पक्राउ गरेको हो ।

रुपन्देहीकाे सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बसपार्कबाट करिब ३० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–१ बस्ने २२ वर्षीय निश्चल उप्रेतीलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

कैलालीकाे गौरीगंगा नगरपालिका–१ मालीबाट ६ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय बिनोद खड्कालाई बुधवार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?