काठमाडौं । सत्ता गठबन्धनको कार्यदलको बैठक आज बस्दैछ । बिहान ११ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको कार्यदलका सदस्य हिमाल पुरीले जानकारी दिए ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन दलहरुबीच सिट बाँडफाँटका लागि बैठक बस्न लागेको हो । गठबन्धन भित्रका दलहरुले सिटमा आफ्नो आफ्नो दाबी नछोड्दा सिट बाँडफाँटको टुंगो लाग्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया