काठमाडौं । न्याय परिषद्को बैठकले बाँके जिल्ला अदालतमा कार्यरत रहेका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गरेको छ ।
बिहीबार बसेको न्याय परिषद्को बैठकले अधिकारीलाई बर्खास्त गर्नका लागि कामु प्रधानन्यायाधीशसामु सिफारिस गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
अधिकारी जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा पटकपटक कैफियत फैसला दिएको, कार्यक्षमताको अभाव रहेको र खराब आचरण देखिएको, आर्थिक स्वार्थ र लेनदेनका कारण न्याय सम्पादन प्रभावित पारेको भन्दै अधिकारीविरुद्ध न्याय परिषद्मा उजुरी परेको थियो । उजुरी परेपछि उनलाई न्याय परिषदले सर्वोच्च अदालतमा झिकाएको थियो ।
बाँकेकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा उनीमाथि ‘यान्त्रिक रुपमा पक्राउ अनुमती दिएको’ आरोप लागेको थियो । अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप पनि छ ।
प्रमाणले न्यायमा मोलाहिजा गरेको पाइएपछि न्यायाधीश सपना प्रधान मल्लको छानबिन समितिले बर्खास्तीका लागि सिफारिस समेत दिएको थियो । तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय परिषद्को बैठकमै न्यायाधीश अधिकारीलाई बोलाएर माफी माग्न लगाई अब त्यस्तो नगर्ने प्रतिबद्धता जनाएपछि सचेत गराएर छाडिएको थियो । त्यसपछि अधिकारी कालीकोट र पछि बाँकेमा सरुवा भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया