मन्त्रीबाट बर्खास्त चौधरीलाई ओलीले गरे स्वागत

लोकपथ
336
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको छ । नेकपा एमालेमा प्रवेश हुन लागेको चर्चा चल्नासाथ मुख्यमन्त्री त्रिलोचन भट्टले चौधरीलाई मन्त्रीबाट बर्खास्त गरेका थिए ।

चौधरी गत चैत २५ गते राज्यमन्त्री नियुक्त भएका थिए । नेकपा (एकीकृत समाजवादी) पार्टीको तर्फबाट राज्यमन्त्री बनेका चौधरीलाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै पार्टीको सिफारिसमा मुख्यमन्त्रीले पदमुक्त गरेको बताइएको छ ।

कञ्चनपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एसका प्रभावशाली नेताहरू एमाले प्रवेश गरेका हुन् । चौधरीसँगै नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा निवर्तमान प्रदेश अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्दलगायत एमाले प्रवेश गरेका छन् ।

उनलाई नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?