काठमाडौं । निलम्बित प्रधानन्यायाधीश शमशेर राणाको महाअभियोगका विषयमा छानबिनका लागि गठित सिफारिस समितिको बैठक बसेको छ ।
११ बजेका लागि बैठक बोलाइए पनि एक घण्टा ढिला गरी बैठक सुरु भएको हो । बैठकमा राणासँग बयान लिने तयारी गरेको छ ।
पूर्व निर्धातिर कार्यतालिका अनुसार राणा सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिमा पुगेका छन् । यद्यपी उनी बैठक हलमा भने बोलाइएको छै्रन । समितिका सदस्यहरुबीच छलफल भएपछि अन्तिममा उनलाई बोलाइने र बयान लिइने स्रोतले जनाएको छ ।
प्रधानन्यायाधीश राणालाई गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाअभियोग प्रश्ताव संसदमा दर्ता गराएका थिए । संसदमा महाअभियोग दर्ता भएको ६ महिनापछि संसदले महाअभियोग छलफलको लागि समितिमा पठाएको थियो ।
नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो । गत १ फागुनमा सत्तारुढ दलले राणामाथि महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो ।
सिफारिस समितिमा लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल, कृष्णभक्त पोखरेल, डा।शिवमाया तुम्बाहाङ्फे, एकवाल मियाँ, कल्याणीकुमारी खड्का, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट र रेखा शर्मा गरी ११ जना सदस्य रहेका छन् ।
नेपालको न्यायीक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायधीशसँग बयान लिन लागेको हो ।
सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया