काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले आयोजना सञ्चालन गर्दा जनताले दुःख पाउन नहुने धारणा राखेका छन् । सैंबु नख्खुडोल जग्गा एकीकरण आयोजनाको नवनिर्मित सामुदायिक भवनको उद्घाटन गर्दै मन्त्री चौधरीले समयमै निर्माण कार्य नसकिँदा जनताले अनेक खाले समस्या झेल्नुपरेको बताए ।
उनले आयोजनाहरु जनताको मनोविज्ञान बुझेर सञ्चालन गर्नुपर्ने र जसले गर्दा जनताले लाभ लिन सक्ने तर, जनताले दुःख पाउन नहुने बताए । आयोजनाको योजना बन्दा जनतालाई हुने लाभ हेरिनुपर्नेमा जोड दिएका मन्त्री चौधरीले सबैपक्ष जिम्मेवार भएर आयोजना सम्पन्न गर्न एकजुट हुनुपर्ने धारणा राखेका थिए ।
उक्त कार्यक्रममा मन्त्रालयका सचिव डा.रमेशप्रसाद सिंह, महानिर्देशक सुरन्द्रमोहन श्रेष्ठ, काठमाडौं विकास प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकाल लगायतको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया