काठमाडौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरामाथिको महाअभियोग सिफारिस समितिको बैठक बुधवार बस्ने भएको छ । बैठक बुधवार बिहान ११ बजे बस्न लागेको समितिका सचिव लक्ष्मीप्रसाद गौतमद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
बैठक कानून न्याय तथा मानवअधिकार समितिको कक्षमा बस्नेछ । उक्त बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरासँग सोधपुछ तथा बयान लिने कार्यतालिका रहेको जनाइएको छ ।
यसअघि संसदले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्धका आरोपका प्रमाणहरू माग गरेको थियो ।
गत भदौ १० गते सार्वजनिक सूचना जारी गर्दै समितिको सचिवालयले तीन दिनभित्र प्रमाण तथा कागजात उपलब्ध गराउन सरोकारवाला व्यक्ति र निकायसँग माग गरेको थियो ।
त्यस्तै, यसअघि संसदले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । गत भदौ ८ गतेको समिति बैठकले जबरालाई भदौ १५ गते बयानका लागि बोलाउने निर्णय गरेको थियो ।
महाअभियोग सिफारिस समितिको गत बिहीवार बसेको बैठकले राणाविरुद्धको महाअभियोग आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन सरोकारवालालाई आग्रह गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया