प्रधानमन्त्रीसहित कांग्रेस नेताहरू शीतल निवासमा

लोकपथ
49
Shares

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

कांग्रेस सभापतिसमेत रहेका देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमवार दिउँसो शीतल निवास पुगेका हुन् । नागरिकता विधेयकलाई लिएर नेपाली कांग्रेसका पदाधिकारी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका हुन् ।

संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले १५ दिनसम्म होल्ड गरी फिर्ता पठाएपछि सरकार र शीतल निवासबीच दूरी बढेको छ ।

राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरिसकेको छ भने, राष्ट्रिय सभाले आइतवार विधेयक छलफलका लागि विधायन समितिमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?