काठमाडौँ । नेपाल प्रहरी दिवस– २०७५ का अवसरमा काठमाडौं उपत्यका विभिन्न स्थान तथा टोलटोलमा सरसफाई कार्यक्रम आयोजना गरिएको छ ।
विक्रम सम्वत २०१२ सालमा विधिवत रुपमा स्थापना भएको प्रहरी स)गठन ६३ औं वर्षमा प्रवेश गरेको छ । शनिवार र आइतवार उपत्यकाका विभिन्न स्थानमा सरसफाई गरिएको हो ।
प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईको आतिथ्यमा नारायणचौर नक्साल लगायतका धार्मिक क्षेत्रहरुको सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईका क्रममा सार्वजनिक सडक, मठ मन्दिर लगायतका क्षेत्रमा उम्रीएका झारपात, फोहर सरसफाई सरफाइ गरिएको थियो ।
सशस्त्र प्रहरी गण नं. १ नक्साल, महानगरीय प्रहरी वृत्त कमलपोखरी, सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र नक्साल, हिमाल अस्पतालले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेको हो ।
सरसफाई कार्यमा वरिष्ठ प्रहरी अधिकृत, सामुदायिक सेवा केन्द्रका प्रतिनिधि, स्थानीय नागरिक तथा प्रहरी जवान, विभिन्न स्कूलका विद्यार्थीहरु, विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सरसफाई कार्यक्रमलाई प्रहरी प्रधान कार्यालयले देशैभर आयोजना गरिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया