बैंकिङ कसूर मुद्दाका फरार युवक पक्राउ

लोकपथ
0
Shares

लमजुङ । प्रहरीले बैंकिङ कसूर गरी वैदेशिक रोजगारी गएका एक युवकलाई पक्राउ गरेको छ । बेसीसहर नगरपालिका–७ बस्ने २९ वर्षीय नवराज रिमाल पक्राउ परेका हुन् ।

विभिन्न बैंकिङ कसूर मुद्दामा लगत कायम भई १७ दिन कैद र १५ लाख ८० हजार जरिवाना ताेकिएका रिमाल विदेशबाट आएर लुकिछिपी बस्दै आएको र प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताए ।

उनीविरुद्ध उच्च अदालत पाटनबाट पाँचवटा छुट्टाछुट्टै बैंकिङ कसूर मुद्दा दर्ता भई ९ मंसिर २०७६ मंसिरसमेत गरी अन्य विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

रिमाललाई जिल्ला अदालत लमजुङबाट शुक्रवारदेखि लागु हुनेगरी कैद भुक्तान र जरिवाना बापतको रकम असुलउपरका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?