काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ८७ वटा दल सहभागी रहेका छन् ।
आयोगले आगामी निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता, निर्वाचन चिन्ह प्रदान र निर्वाचन चिन्हको क्रम निर्धारण सम्बन्धी निर्णय गर्दै ७९ वटा दलका निर्वाचन चिन्हहरूमध्येबाट मतपत्रमा कायम रहने गरी दलको संख्या निर्धारण गरेको हो ।
आयोगका अनुसार निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधि भित्र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि ८० वटा दल दर्ता निवेदन र एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि ४ वटा निवेदन गरी जम्मा ८४ (चौरासी) वटा निवेदन प्राप्त हुन आएको थियो ।
‘निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा÷प्रदेश सभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता, निर्वाचन चिन्ह प्रदान र निर्वाचन चिन्हको क्रम निर्धारण सम्बन्धी निर्णय गरेको छ । आयोगले निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधि भित्र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि ८० वटा दल दर्ता निवेदन र एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि ४ वटा निवेदन गरी जम्मा ८४ (चौरासी) वटा निवेदन प्राप्त हुन आएकोमा राजनीतिक दलहरूबाट दर्ता हुन आएका निवेदन लगायत अन्य कागजातहरूको अध्ययन र जाँचबुझ गर्दा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा ७९ वटा दलका निर्वाचन चिन्हहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ८७ कायम गरिएको छ ।’ आयोगले जारी विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया