एकीकृत समाजवादीका सुदूरपश्चिम अध्यक्ष शाहीद्वारा पार्टी परित्याग

लोकपथ
143
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष विक्रमबहादुर शाहीले पार्टी परित्याग गरेका छन् । शाहीले पार्टीप्रति असन्तुष्टि जनाउँदै बिहीबार पार्टी छोडेको र कुनैपनि राजनीतिक दलसँग आबद्ध नहुनेसमेत बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले एक वर्षअघि आफू पार्टी विभाजनतर्फ लागेपनि अहिले पुछतो र आत्मग्लानी भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन् ‘२०५४ सालमा वामदेवले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनका पछि लागे,’ शाहीले लेखेका छन्, ‘गतवर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो । त्यसको पछि लाग्नेमा म पनि थिए । पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरुलाई नै फाइदा पुर्‍यायो । त्यसवापत पछुतो र आत्मग्लानी भएको छ ।’

विगत ५/६ महिनादेखि पार्टी काम छोडेर निष्क्रिय रहेको भन्दै उनले लेखेका छन्, ‘विगत ५/६ महिना देखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थियो भने, आजका मितिदेखि म कुनै दलसँग आबद्ध नरहेको घोषणा गर्दछु ।’ एकीकृत समाजवादीले आज पार्टी पुर्नगठनको एक वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरिरहेका बेला शाहीले भने पार्टी छोड्ने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?