विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ६ जना पक्राउ

लोकपथ
77
Shares

काठमाडौं । दाङ, झापा र चितवनबाट अवैध लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–५ उद्योग वाणिज्य टोलबाट नियन्त्रित लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने तुलसीपुर उपमहानगरपालिका–६ घर भएका २४ वर्षीय जनक बुढाथोकीलगायत चार जना छन् ।

उनीहरुबाट ट्रामाडोल २५२ पत्ता बरामद गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले बुढाथोकीको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

झापाको हल्दिबारी गाउँपालिका–४ जलथलबाट ७ ग्राम ९२० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँ बस्ने ३५ वर्षीय जेमिल महमदलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

चितवनको भरतपुर महानगरपालिका–१० दिवान रेष्टुरेन्टबाट करिब ६४० मिलिग्राम खैरो हेरोइनसहित सोही महानगरपालिका–९ बस्ने ३५ वर्षीय रत्न बहादुर प्रजापतीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?