वीरेन्द्रनगरमा लागुऔषधसहित एक पक्राउ

लोकपथ
56
Shares

सुर्खेत । प्रहरीले अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

वीरेन्द्रनगर–११ पिपिरास्थित देउती बज्यै मन्दिर नजिकबाट सोही ठाउँका १९ वर्षीय प्रतीक केसीलाई पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले केसीको कोठाबाट बाकसमा प्लाष्टिकभित्र लुकाएर राखिएको खैरो हिरोइनजस्तो देखिने एक पुडिया लागुऔषध फेला पारेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?