काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता प्रदीप गिरीको निधनमा दुःख व्यक्त गरेका छन् ।
ओलीले गिरीको निधनबाट आफू मर्माहत भएको भन्दै उनीप्रति श्रद्धासुमन अर्पणसहित शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् ।
‘चिन्तनशील राजनीतिककर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु’, ओलीले ट्वीटरमा भनेका छन्, ‘उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
गिरीको उपचारका क्रममा शनिबार ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया